काठमाडौं । शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच आज भएको छलफलमा विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । छलफलमा कोरोना संक्रमणको जाखिम बढ्दै गएको हुँदा विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा अब स्थानीय सरकारलाई दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
मन्त्रालयका अधिकारीहरुले आजको छलफलमा आएका सुझावहरुलाई सरकार समक्ष पुर्याउने र मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने जानकारी दिएका छन् । छलफलमा सहभागी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने जिकिर गरेका छन भने
सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।












