१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विद्यालय खोल्ने वा बन्द गर्नेबारे जिम्मा अब स्थानीय सरकारलाई दिनुपर्छ’



अ+ अ-

काठमाडौं । शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच आज भएको छलफलमा विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । छलफलमा कोरोना संक्रमणको जाखिम बढ्दै गएको हुँदा विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा अब स्थानीय सरकारलाई दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

मन्त्रालयका अधिकारीहरुले आजको छलफलमा आएका सुझावहरुलाई सरकार समक्ष पुर्‍याउने र मन्त्रिपरिषदबाट आवश्यक निर्णय हुने जानकारी दिएका छन् । छलफलमा सहभागी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले कोरोनाको प्रभावअनुसार क्षेत्रगत रुपमा निर्णय हुनुपर्ने जिकिर गरेका छन भने 

सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्ने भए वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।