२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा मृत्यु भएकाको सनाखत



अ+ अ-

दाङ । यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको  छ  भने  छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 




भर्खरै