२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी२० क्रिकेट : न्यूजील्यान्डसामु बंगलादेश फेरि पराजित



अ+ अ-

नेपियरः न्यूजील्यान्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट टोली न्यूजील्यान्डसँगको दोस्रो टी२० क्रिकेटमा पनि २८ रनले पराजित भएको छ । यो जितसँगै न्यूजीन्यान्डले तीन म्याचको यस शृंखलामा २–० ले अग्रता बनाएको छ ।

वर्षाले प्रभावित यस खेलमा पहिले टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको रोजेको थियो ।

न्यूजील्यान्डले पहिले ब्याटिङ गर्दै १७.५ ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । जसमा ग्लेन फिलिप्सले ५८, डेरिल मिचेलले ३४, मार्टिन गप्टीलले २१, फिन अल्लेनले १७, डेभोन कन्वेले १५ रन बनाएका थिए ।

बंगलादेशका लागि महेदी हसनले २, मोहम्मद सैफुद्दिन, तास्किन अहमद र सोरिफुल इस्लामले समान १–१ विकेट लिएका थिए ।

जवाफमा १७६ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको बंगलादेशले १६ ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । वर्षाका कारण छोट्याइएको यस खेलमा बंगलादेशका लागि सौम्य सर्कारले ५१, मोहम्मद नइमले ३८, मोहम्मदुल्लाहले २१ रन बनाएका थिए ।

यसअघिको पहिलो खेलमा पनि न्यूजील्यान्डले बंगलादेशलाई ६६ रन अन्तरले पराजित गरेको थियो ।

यी दुईबीच तेस्रो तथा अन्तिम टी२० आगामी बिहीबार अक्ल्यान्डमा हुनेछ । AP

#New Zealand_vs_Bangladesh #T20I




भर्खरै