२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु



अ+ अ-
खलङ्गा (प्युठान) : रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताउनुभयो । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताउनुभयो ।
छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको राससलाई बताउनुभयो । उहाँका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए । रासस