२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा पुत्र जयवीर सिंहको बिहेमा खादा-माला र उपहार निषेध



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको बिहेमा फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।

जयवीरको बिहे माघ २१ गते बूढानीलकण्ठस्थित घरबाट पारिवारिक जमघटमा हुने देउवा निकट स्रोतले जनाएको छ । भोज भने फागुन २ गते सोमबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको छ । उक्त पार्टीमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको बताईएको छ ।

जयवीरको बिहेको कार्डमा आर्मी अफिसर्स क्लबमा आयोजना हुने भोजमा साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ । साथै, आमन्त्रितलाई फूल माला, खादा र उपहार नल्याउन अनुरोध गरिएको छ । त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टी पार्टी दिइने बताईएको छ ।

पूर्व प्रधानमन्त्री देउवा तथा आरजु राणाका पुत्र जयवीरको विवाह सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो ।जयवीर र शिवानाले गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थितमा इन्गेजमेन्ट गरेका थिए ।

जयवीरसिंह डडेल्धुराबाट कांग्रेस क्रियाशील सदस्य हुन् । यद्यपी, उनी राजनीतिमा सक्रिय छैनन् । गायिकासमेत रहेकी शिवानाले भने ब्युटी-प्रडक्टको व्यवसाय गर्छिन् ।