२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायो: एमाले



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि काँग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताउनुभएको हो । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले काँग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराउनु भयो । प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि काँग्रेसलाई प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आज उहाँहरुले गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली काँग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौं–यो हाउसमा प्रतिपक्ष मात्रै छैन । सरकार बीचमा छ । सभामुखको आसनबाट दाया साईटमा सत्तापक्ष छ । बायाँ साईटमा प्रतिपक्ष छ । प्रतिपक्षले सदनमा रोक्ने ? हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौं । सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ । के उहाँहरुले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ? त्यसकारण उहाँहरुले जे गर्नू भयो, त्यो बेठिक छ । मिलेको छैन ।’

‘त्यसकारण राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बन्दकी संसदलाई बनाउनु हुँदैन । सरकारबाट बाहिरिने कुरा लोकतन्त्रमा चलिरहन्छ । संसदको आजको गणितले त्यो चलिरहन्छ । सरकारबाट हटनुपर्दाको एक महिना पनि पीडा सहन नसक्ने काँग्रेसको आजको चरित्रले वास्तवमा संसदीय अभ्यासमाथि, संसदीय मूल्यमान्यतामाथि क्षतविक्षत बनाएको छ । फेरी पनि प्रमुख प्रतिपक्षलाई आग्रह गर्न चाहन्छु–तपाईहरुको आफ्नो शैली र तरिकालाई बदल्नुहोस् । हामी काँग्रेसलाई सोध्न चाहन्छौं–काँग्रेसले गृहमन्त्री मान्छ कि मान्दैन ? म प्रश्न गर्न चाहन्छु–गृहमन्त्री स्विकार गर्छ कि गर्दैन ? यदि काँग्रेसले गृहमन्त्री स्विकार गर्दैन भने बहिष्कार गरोस् । स्टेटमेण्ट निकालोस्न । हामी बहालवाला गृहमन्त्रीलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौं । र यो देशमा गृहमन्त्री भएको हामी मान्दैनौं काँग्रेस भन्नसक्छ ?’

प्रमुख सचेतक बर्ताैलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम काँग्रेसले गर्न नहुने बताउनु भयो ।