९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिसकुमार सिंह बन्ने लगभग निश्चित भएको छ । गठबन्धन दलले सिंहलाई मृुख्यमन्त्री बनाउने निर्णय गरेका छन् ।

संसदीय दलका नेता महेशकुमार यादवलाई अवसर नदिई जनमतले अर्थसमितिका सभापतिसमेत रहेका सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको हो । जनमतको यो निर्णयप्रति केही नेता भने असन्तुष्ट छन् ।

जनमत पार्टीको बिहीबार बसेको बैठकले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । साधरणत: संसदीय दलको नेतालाई मुख्यमन्त्री या सरकारको नेतृत्वमा लैजाने चलन छ । तर जनमतले संसदीय दलको नेता यादवलाई रोकेर सांसद सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

संघीय सत्ता गठबन्धनको सहमति अनुसार मधेसमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलसमेत ५६ जनाको समर्थन सिंहलाई हुने छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आज १० बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेकी छन् ।
सिंह र यादव दुवैजना सप्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । सिंह २०७९ को निर्वाचनमा सप्तरी २ (१) बाट विजयी भएका थिए । उता यादव सप्तरी २ (२) बाट विजयी भएका थिए ।

यादवलाई जनमतले २०७९ पुस १६ गते संसदीय दलको नेता बनाएको थियो । जनमतका अध्यक्ष डा. सीके राउत पनि सप्तरी २ बाट उपेन्द्र यादवलाई हराउँदै प्रतिनिधि सभाको सदस्य छन् ।

केन्द्रको सत्ता गठबन्धनबीच भागबन्डा मिलेपछि सिंहलाई आज मुख्यमन्त्रीको शपथ ग्रहण गराउन लागिएको हो । त्यसअघि गठबन्धन दलबीच बहुमत जुटाएर उनले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।

जनमतका अध्यक्ष डा. सीके राउत भने हाल अमेरिका भ्रमणमा छन् । उनी भोलि नेपाल फर्किने कार्यक्रम छ । मधेस सरकारको नेतृत्व आफ्नो भागमा मिलाएर उनी अमेरिका उडेका थिए ।