९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक भोलि



अ+ अ-

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक भोलि बस्दै छ ।

काठमाडौंमा हुने १६ औं बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे छलफल हुने छ ।

बैठकमा नेपालकातर्फबाट परराष्ट्रय सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले गर्नेछन् । उनी आज नेपाल आउँदै छन् । उपविदेशमन्त्री सुन नेपालको तीन दिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा पेश गर्ने एजेन्डा नेपाली पक्षले तयार पारिसकेको छ ।

चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवद्र्धन, कनेन्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुने छ ।

व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज पनि निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुने छ ।