२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्मालाई युभेन्टसको चार गोल



अ+ अ-

मिलान । क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोलमा इटालीको सिरी एमा युभेन्टसले शनिबार पार्मालाई ४–० ले हराएको छ । डिफेन्डिङ च्याम्पियनका लागि यस सिजनका ९ खेलमा रोनाल्डोको यो बाह्रौं  गोल हो ।

युभेन्टसका लागि डेजान कुलुसेभ्स्की र अल्भारो मोराटाले पनि गोल गरे । कीर्तिमानी दसौं लगातार लिग उपाधिको पछाडि रहेको युभेन्ट्सको अब २७ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग बराबरी हो । यस्तै युभेन्टस शीर्ष स्थानमा रहेको एसी मिलानसँग भने एक अंकको दूरीमा छ ।

पार्मा भने १२ अंकसाथ १५ औं स्थानमा छ । शनिबारको अर्को खेलमा साम्पडोरियाले क्रोटोनलाई ३–१ ले पराजित गर्‍यो ।