२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप सदस्य श्रेष्ठ सम्मानित



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित हुनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले  श्रेष्ठलाई सम्मान गरेको हो । 

लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भयो । वहाँले भन्नु भयो,खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्छ । कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भए पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउदै आएका बताए । 

सम्मान कार्यक्रममा संस्थाले एसइइ उत्रिणा गरेका बिद्यार्थीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,ब्यापारी तथा समाज सेवी झलक मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।