२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफाको उत्कृष्ट पुरुष खेलाडी- २०२० मा ‘लेवनडोस्की’



अ+ अ-

जुरिच । बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवनडोस्की बिहीबार फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । यसको होडमा उनले गत वर्षका विजेता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका थिए । यी तीनै प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ता पनि रहे । लेवनडोस्कीले यो अवार्ड जितेको यो पहिलो पल्ट हो ।

आफ्नो सफलतामा खुसी लेवनडोस्कीले भनेका छन्, ‘म निकै खुसी र गर्व महसुस गरिरहेको छुं । मेसी र रोनाल्डोलाई उछिनेर वर्षको उत्कृष्ट खेलाडी हुनुको खास अर्थ छ । आजको दिन मेरो लागि विशेष रहनेछ ।’

महिलातर्फ म्यानचेस्टर सिटीका फुलब्याक लुसी ब्रोन्ज उत्कृष्ट खेलाडी बनिन् । यस्तै लिभरपुलका योर्गन क्लोप वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । उनले लगातार दोस्रो वर्ष यो अवार्ड जिते । उनको नेतृत्वमा लिभरपुलले ३० वर्षयता पहिलो पल्ट लिग उपाधि जितेको थियो ।