२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस एटलान्टासँग बराबरीमा रोकियो



अ+ अ-

मिलान । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि इटालीको सिरी ‘ए’ मा युभेन्टस बुधबार एटलान्टासँग १–१ को बराबरीमा रोकिएको छ । युभेन्टसले फेडरिको सिसाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा एटलान्टाका लागि रेमो फ्लुलरले बराबरी गोल गरे । रोनाल्डो भने ६१औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्न असफल रहे । यससँगै युभेन्टस खेलमा विजयी नतिजा निकाल्न असफल रह्यो ।

अंक–तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानले पनि जेनोआसँग २–२ को बराबरी खेल्यो । मिलानको २८ अंक छ । छिमेकी इन्टरमिलानले अर्को खेलमा रोमेलु लुकाकुको गोलमा नेपोलीलाई १–० ले हरायो ।

यससँगै इन्टरले मिलानसँगको दूरी एक अंकमा छोट्याएको छ । युभेन्टस भने २४ अंकसाथ दोस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेपोलीको २३ अंक छ ।