२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले बताउनु भएको छ।

सहभागीहरुमा दीपक श्रेष्ठ, उद्धव थापा मगर, कमल मगर, श्याम डंगोल, कुसुम तामाङ, सञ्जयराज पुटुवार, डोमा तामाङ, रवि महर्जन, सरिना घले, मओज विन्दुकार र प्रतिमा राउत रहेका छन् ।

ग्रेडिङ सञ्चालन गर्न संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । उमा कुङफु फेडेरेसनका अध्यक्ष रिचार्ड होप्किन्सको निगरानीमा ग्रेडिङ सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिनु भएको छ । सहभागीलाई फेडेरेसनबाट प्राप्त प्रमाण पत्र पनि वितरण गरिएको छ ।