२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभान्टेमाथि बार्सिलोनाको संघर्षपूर्ण जित



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाको जितमा लियोनल मेसीको मात्रै एक गोल रहेको थियो ।

लेभान्टेमाथि बार्सिलोना हाबी रहे पनि गोल भने निस्कन कठिन रहेको थियो । यस्तोमा मेसीले ७६ औं मिनेटमा निर्णायक गोल गरे । काडिज र युभेन्ट्सविरुद्ध पछिल्ला खेलमा बेहोरेको हारमा मेसी गोल गर्न असमर्थ रहेका थिए ।

यो जितपछि बार्सिलोनाको ११ खेलबाट १७ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड र रियल म्याड्रिडसँग नौ अंकको दूरी हो ।