२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने



अ+ अ-

कास्की । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो ।

सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस् भनेर पुरस्कार घोषणा गरेको थिएँ, सोहीअनुसार स्वर्ण विजेतालाई सुनको पदकबाट सम्मान गर्नेछौँ ।” संयोजक गुरुङ बक्सिङका पूर्वखेलाडी तथा नेपाल बक्सिङ सङ्घका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।

एकेडेमीले यही मङ्सिर ८ गते पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन हुनुभएका प्याराग्लाइडिङका पाइलट एवं बडीविल्डिङ तथा कराँतेका खेलाडी राजु नेपालीको परिवारलाई समेत रु एक लाख एक हजार १११ आर्थिक सहयोग गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।