२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन



अ+ अ-

काठमाडौं । इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको निधन भएको छ । उनको ६४ वर्षको उमेरमा रोमको इट्लीमा निधन भएको हो । उनको निधन भएको खबर इटालियन टिभी च्यानल राई स्पोर्टस्ले समाचार सार्वजनिक गर्दै जानकारी दिएको थियो । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । 

टेलिभिजन प्रस्तोता इन्निरको भारियलीले भने, ‘निकै भयावह र दुखद् समाचार, पाउलो रोस्सीले हामीलाई छाडेका छन् ।’ यस समाचारलाई सामाजिक सञ्जालमार्फत रोस्सीकी पत्नी फेडेरिका केपिलेट्टीले पुष्टि गरेकी छिन् ।

 यद्यपी रोस्सीको निधनको कारण भने अझै खुलेको छैन ।