२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: बैतडीको पुरुष र महिला टोली घोषणा



अ+ अ-

बैतडी । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ ।

यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर बुडाल, केशव साउद, जगदीश चन्द, प्रकाश नाथ, जीतेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा भूपेन्द्र चन्द, वीरेन्द्र विष्ट र दीपेन्द्र भण्डारी रहेका छन् । छनोट गरिएका महिला खेलाडीमा मञ्जु बोकटी, आरती बोहरा, निर्मला बोहरा, बबिता बोहरा, अनिता नाथ, निर्मला भण्डारी, दिव्या कार्की, पूजा कार्की, मीना रावत, निशा भट्ट, भावना जोशी, सुनिता लोहार र दमयन्ती ओड रहेका छन् । यस्तै महिलाको वैकल्पिक खेलाडीमा रेनु पेला, तुलसी जोशी, मानवी विक र निर्मला रावल रहेका छन् । पुरुष टोलीको प्रशिक्षकमा शेरसिंह खत्री र महिला टोलीको प्रशिक्षकमा दीपेन्द्र बोहरालाई तोकिएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर २१ गतेसम्म जिल्ला छनोट गर्न निर्देशन दिएको थियो । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा मङ्सिर २२ गतेसम्म लकडाउन गरिएकाले छनोट खेल गर्न नसकिएको र गत वर्षको जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्राथमिकतामा राखेर छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो । 

छनोट भएको पुरुष टोलीले यही मङ्सिर २७ गतेदेखि कञ्चनपुरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ भने छनोट भएको महिला टोलीले आगामी पुस ४ गतेदेखि कैलालीमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट हुने जनाइएको छ । 

क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौँमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।