७ असार २०८३, आईतवार
,
Latest
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगहरु आकाशमाथि र जमिनमुनि जहाँसुकै भएपनि जोगिने अवस्था छैनः सूर्य थापा



अ+ अ-

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए ।

‘म तपाईँहरुलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गएपनि छोड्दैन, आकाशमाथि गएपनि छोड्दैन,’– उनले भने ।

साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच भएको सम्बन्धविच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको उनले जानकारी गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले नभएर संसदीय छानविन विशेष समितिीको प्रतिवेदनको आधारमा पक्राउ गरिएको उनको भनाइ छ । प्रतिनिधि सभामा सो प्रतिवेदन पारित गराउँदा रविले समेत ताली बजाएको बताउँदै उनले अहिले रास्वपाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । रास्वपाले सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु अनैतिक, अराजनीतिक र गैरजिम्मेवार रहेको उनले बताए । उनले सरकारले कसैप्रति पनि प्रतिशोध नसाँधेको जिकिर गरे ।




भर्खरै