१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकका बाढी पीडितलाई चीनको राहत सामग्री



अ+ अ-

काठमार्डां । नेपालको सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनले सहयोग गर्ने भएको छ। चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा कम्बल पाँच सय थान दिने भएको छ।

सिन्धुपाल्चोक जिल्लालाई करोडौँको स्वास्थ्य सामग्री सहयोग गरेको भोलिपल्टै न्यालम काउन्टीले त्यहाँका बाढी पीडितलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराउने बताएको हो। सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरा पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो। उहाँकै विशेष पहलमा सो सामग्री दिन लागिएको हो।

भोटेकोशी र बाह्रबीसेमा बाढीपहिराबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गर्नु भएको थियो। केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ। यी खाद्यलगायतका राहत सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ। न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि यसअघि पनि विभिन्न सहयोग गर्दै आएको छ।