१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमफेदी–कुलेखानी सुरुङ मार्ग र पुष्पलाल चक्रपथ निर्माण प्रक्रिया शुरु



अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशको उपत्यकाको तीनसहित १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र विस्तार तथा पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणका लागि केही हप्ताभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको वाग्मती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षभित्रै पुष्पलाल चक्रपथ र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गरिसकेको जनाएको छ । मकवानपुर जिल्लाको सिमाना र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा वीरगञ्जबाट हेटौँडातर्फ राणाकालीन अवस्थामा यातायात सञ्चालनमा रहेको १०३ वर्षे पुरानो ३०० मिटर सुरुङलाई सञ्चालनमा ल्याउन पनि प्रदेश सरकारले यस वर्षका लागि बजेट विनियोजन गरिएको र विनियोजित बजेटअनुसार उक्त सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा ल्याउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।   

भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्यले आर्थिक मामिला तथा योजना मन्त्रालयले रु १९ अर्ब ३२ करोड ५० लाख बजेट विनियोजन गर्ने सहमति दिएको भए पनि प्रदेश सरकारले चालु आवमा रु एक अर्ब बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विपिन राईले बताउनुभएको छ ।   

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रियाको थालनी गर्न प्रदेश सरकारले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समन्वय र सहकार्य गरेर केही हप्ताभित्रै निर्माणका लागि टेण्डर आह्वान गर्न गृहकार्यका साथै सम्बन्धित मन्त्रालयको मन्त्री तथा सचिवसँग परामर्श भइरहेको वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले राससलाई जानकारी दिनुभयो ।