१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद समाधान उन्मुख, महासचिव पौडेलको संयोकत्वमा ६ सदस्यीय कार्यदल गठन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको समस्या समाधानका लागि छ सदस्य रहेको कार्यदल गठन भएको छ । 

शुक्रबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि  पार्टीको आन्तरिक जीवनमा  देखिएका समस्या समाधान गरी पार्टीलाई एकताबद्ध र एकढिक्का  बनाउँदै अघि बढाउनका लागि दुबै नेता सहमत भएका थिए ।  

दुबै नेता सहित अन्य शीर्ष नेताहरुको सहमतिपछि महासचिव बिष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भूषाल रहेको  कार्यदल गठन भएकाे छ । कार्यदललाई छिटो भन्दा छिटो प्रतिवेदन तयार पारी शीर्ष नेताहरुलाई बुझाउने जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एक साताभित्रै पार्टीभित्र उत्पन्न विवाद समाधान भइसक्ने घाेषणा गरेलगत्तै सहमतिकाे खाेजी गर्न दुइ अध्यक्षबीच वार्ता शुरू भएका छन् ।