१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै



अ+ अ-

काठमाडौं । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण दर नेपालमा बढ्दो छ । बिहीबारसम्म ९५ जनाले ज्यान गुमाएका छन । सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाबाट मात्रै ४ जनाको मृत्यु भएको छ । तर त्यहाँ कोरोनाभन्दा यो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी छ । 

सरकारले गत चैत ११ यता देशव्यापी लक डाउन गरेपनि सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा २ दर्जन बढीले सवारी दुर्घटनामा ज्यान गुमाएका छन । अहिलेसम्म त्यहाँ कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ । भने सवारी दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन । कोरोना संक्रमणको दर कम त भएको छैन तर कोरोना भन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चैत यता २७ पुगेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले बताउनुभयो । सवारी दुर्घटनाको दर कोरोना भन्दा खतरनाक रहेको उहाँले बताउनुभयो । विगतमा सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने गरेकोमा लक डाउनको अवधिमा नीजि सवारी दुर्घटनामा बढी व्यक्तिको मृत्यु भएको उहाँको भनाई छ । लक डाउनको अवधिमा खुला सडक भएका कारण तिव्रगतिमा सवारी हाँक्नु र चेकजाँच केही खुकुलो भएका कारण पनि दुर्घटना भएको उहाँले बताउनुभयो । 

आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनामा ७० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा ६९ जनाको मृत्यु भएको थियो । चालु बर्षको श्रावण महिनामा मात्र ५ जनाले ज्यान गुमाएका छन् । कोरोना महामारीका कारण राजश्व संकलनमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भन्दा गत आर्थिक वर्षमा कारवाहीमा पर्ने सवारीको संख्या कम रहेको छ । फलस्वरुप राजस्व संकलनमा पनि कमि आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा एक करोड ४५ लाख २६ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय लक डाउन खुकुलो भएसँगै देशका अन्य ठाउँमा पनि सवारी दुर्घटनाका घटनाहरु बढीरहेका छन् । सरकारले जिल्ला भित्र मात्रै सवारी सञ्चालनको निर्णय गरेपनि धेरै ठाउँमा पास लिएर एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको संख्यापनि बढिरहेको छ । संक्रमंण देखिएको ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत हुँदा कोरोना संक्रमणको दर पनि बढेको छ ।