१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा….



अ+ अ-

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ ।  प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।

गौतमले यही साउन २६ गते कार्यपालिकाको बैठकका लागि सबै कार्यपालिका सदस्यलाई सूचना गरेर आफू अघिल्लो दिन नै कसैलाई निमित्तसमते नदिई कार्यालय छाडेर हिँडेपछि बैठक नै बस्न नसकेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो । वर्षात्का समयमा गाडी नचल्ने बाटामा पैदल हिँडेर कार्यपालिका बैठकमा भाग लिन नगरपालिका पुगेका कार्यपालिकाका सदस्य बैठक नबसेकामा दुखित भएको वडा नं ७ का वडाध्यक्ष मोहन  पन्थीले बताउनुभयो ।

भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिकामा गोरुसिंँगे–सन्धिखर्क सडकबाहेकका अन्य अधिकांश सडक पहिराले अवरुद्ध बनेका छन् ।
कार्यालय प्रमुख कार्यालय छाडेर जाँदा नगर प्रमुखलाई जानकारी दिने र निमित्तको जिम्मेवारी दिनुपर्ने भए पनि  गौतमले कसैलाई निमित्तको जिम्मेवारीसमेत नदिँदा कार्यलयका अधिकांश कार्य रोकिएको नगर उपप्रमुख टीका रेश्मीले बताउनुभयो । 

नगर प्रमुख र उपप्रमुखले आफूलाई सरुवा गर्न थालेको जानकारी पाएपछि त्यसको प्रतिरक्षाका लागि आफू काठमाडौँ आएको गौतमले टेलिफोनमा बताउनुभयो । निमित्त कसैलाई दिनु नपर्ने र आफू मातहतको वरिष्ठ कर्मचारी स्वतः निमित्त हुने उहाँको भनाइ थियो ।