१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ ।
 
बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।
 
तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला रु एक लाख तीन हजार पुगेको थियो ।
 
चाँदीको मूल्यमा पनि प्रतितोला रु ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।