२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र विरुद्ध आक्रमण हुँदा एमाले मुक दर्शक बनेर बस्दैन : राजेन्द्र गौतम



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको वृह्त्त जनप्रदर्शनको तयारी प्रेस चौतारी नेपालले भव्य रुपमा गरिरहेको छ ।

चौतारीले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमले गणतन्त्रमा माथी आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताउनुभएको छ । ‘ अरु पार्टी र संगठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो’ गौतमले भन्नुभयो ‘नेकपा एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैं अग्रपंक्तीमा हुनेछ । ’

गौतमले जेठ १५ गतेको कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तिव्रता दिन गौतमले निर्देशन दिनुभयो । उहाँले सबै प्रकारका सञ्चर माध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न उहाँले निर्देशन दिनुभएको छ ।

अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई निश्चित संख्याका नेता कार्यकर्ता सहित कार्यक्रममा सहभागी हुन निर्देशन दिनुभएको छ । उहाँले प्रेस चौतारीले आजैबाट आम सञ्चर माध्यम र सामाजिक सञ्जाल मार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताउनुभयो । ‘हिजोबाटै पार्टीका कमिटी र जनसंगठनहरु भेलाको तयारीमा जुटेका छन् । यी विषयहरुलाई समाचारको माध्यमबाट व्यापक रुपमा प्रचार गरौं’ पाण्डेले भन्नुभयो ‘पार्टीका अभियानमा चौतारी आम सञ्चार माध्यम मार्फत शसक्तरुपमा उपस्थित हुनु पर्दछ । ’




भर्खरै