२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख गोमा



अ+ अ-

भद्रपुर । “जब महिलाले कुनै सीप सिक्छिन्, उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,” गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण हुनुहुन्छ ।

झापाको दमक नगरपालिका–२ हिमालीटोलस्थित गरिमा सिलाइकटाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आउनुभएकी उहाँले आफूसँगै थप पाँच जना महिलालाई रोजगारी दिनुभएको छ । सामान्यतया महिलाले लगाउने सबै किसिमका कपडा सिलाइ हुने उक्त केन्द्रमा विद्यालयका झोला, पर्सलगायत सामान उत्पादन हुने गर्छ । दमक बजार, इलाम, पाँचथरलगायत स्थानमा ती सामग्रीको उच्च माग रहेको गोमा बताउनुहुन्छ ।

आफ्नै घरमा सटर निकालेर उद्यम गर्नुभएकी गोमाले ढाकाका उत्पादन रु ५० देखि एक हजार ५०० सम्ममा बिक्री गर्दै आउनुभएको छ । बजारको माग उच्च रहेकाले कहिले काहीँ माग नै स्थगन गर्नुपरेको गोमा बताउनुहुन्छ । सिलाइसम्बन्धी सीप सिकेपछि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरसमेतमा यो उद्यम गर्न सकिने भएकाले धेरै जसो महिला यो उद्दममा लागिरहेको उहाँ बताउनुहुन्छ । जसबाट खर्च कटाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म बचत हुने गरेको छ,” उहाँले भन्नुभयो ।

झण्डै १० वर्ष पहिले इलाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सिलाइसम्बन्धी आधारभूत तालिम लिनुभएकी गोमाले इलाममै चिनजानकै सिलाइ पसलमा काम गरी अनुभव सङ्गाल्नुभयो । काम गर्दै जाँदा घरेलुबाट उद्यमशीलतासम्बन्धी तालिम लिएपछि आफैँ उद्यम गर्नुपर्छ भन्ने उत्पे्ररणा जाग्यो पाँच हजारमा पुरानो सिलाइ मेसिन खरिद गरी व्यवसाय सुरू गर्नुभयो । छरछिमेकका महिला दिदीबहिनिका कपडा सिलाइकटाइ गरी घरबाटै व्यावसाय सुरू गर्नुभएकी गोमाले चार वर्ष इलाममै बिताउनुभएको थियो ।

विसं २०७६ सालतिर गोमा परिवारसहित इलामबाट झापाको दमक बसाइ सर्नुभयो । बसाइ सरेसँगै आफूले सिकेको सीप र व्यवसायसमेत निरन्तरता दिनुभएकी गोमाले ढाकाका झोला तथा पर्सको राम्रो सम्भावना देखेपछि वडा कार्यालयबाट सञ्चालित १५ दिने ढाकासम्बन्धी तालिम लिनुभयो । साथै उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट दोस्रो तहको तालिमसमेत लिनुभयो । यो तालिमपश्चात उहाँको परिचय सिलाइसम्बन्धी प्रशिक्षकको रूपमा स्थापित भयो । अब उहाँले परिषद् तथा अन्य संस्थाका आधारभूत तह–१ का तालिममा प्रशिक्षण गर्न योग्य हुनुभयो । तालिम दिन जिल्लाका विभिन्न ठाउँमा जानुपर्ने तथा केन्द्रसमेतमा उत्पादनको उच्च माग रहेकोले दुवैतिर समय मिलाउन मुस्किल हुने गरेको गोमा बताउनुहुन्छ ।

व्यावसायलाई उकास्न समय–समयमा घरेलुले गरेको प्रविधिमा अनुदान सहयोगले काम गर्न थप ऊर्जा प्राप्त हुँदै गएको गोमा सुनाउनुहुन्छ । विभिन्न सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाबाट हुने यस्ता अनुदान सहयोगको उचित सदुपयोग गर्ने हो भने गाउँमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ । आफ्ना उत्पादनलाई स्थानीय मेला, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत प्रचार–प्रसाहर गर्दै आउनुभएको छ ।

आपूmले सञ्चालन गरेको केन्द्रले महिला दिदिबहिनीलाई सीप सिकाउने, आम्दानीको स्रोत प्रदान गर्ने र आत्मबल बढाउने काम गरेकोमा सन्तुष्टी मिल्ने गरेको गोमा बताउनुहुन्छ । सिलाइ कटाइसँगै ग्रामेन्टसमेतको उद्ययोग दर्ता गरिसकेकाले विस्तारै विस्तारै व्यावसाय बढाउँदै लैजाने उहाँको योजना छ ।




भर्खरै