१ असार २०८३, सोमबार
,
Latest
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाधिवेशनः प्रकाश पौडेल पनि प्यानलसहित निर्वाचनमा उत्रिँदै



अ+ अ-

काठमाडौँ । कीर्तिपुरमा जारी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा ढिलाई भएको छ ।

स्रोतका अनुसार उम्मेदवारी दर्ता भएपनि अझैपनि सर्वसम्मतिको प्रयासका लागि निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले आ–आफ्नो दाबी छोडेका छैनन् ।

अध्यक्ष मण्डलले कडरियाको नेतृत्वमा हिजो साँझ केही पदाधिकारी प्रस्ताव गरेको थियो । उपाध्यक्षमा प्रकाश पौडेल, अञ्जना सिवाकोटीलाई महिला उपाध्यक्ष र दीपक धामीलाई महासचिवमा प्रस्ताव गरिएको थियो ।

तर, उक्त प्रस्तावप्रति असहमति जनाउँदै निर्वाचनको मागसहित हलमा नाराबाजी भयो । यसपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो ।

यसैबीच, कडरियाको पक्षमा उपाध्यक्ष र महासचिवको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट सार्वजनिक गरिएकाले पौडेलले पनि आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिँदै छन् ।

पौडेलको प्यानलबाट महासचिवमा आरके रोमश छन् । यस्तै, उपमहाचिवमा कमल जोशी छन् । उनको प्यानलबाट अन्य पदको पनि टुंगो लगाउने प्रयास जारी छ ।