२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द



अ+ अ-

एजेन्सी । एयर इन्डियाको विमान दुर्घटना भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्म सबै उडानहरू रद्द गरिएको जनाएको हो ।

‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई १७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला। हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं। थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ’।

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार एयर इन्डियाको बोइङ ७८७–८ विमान दिउँसो १ः ३८ बजे अहमदाबादबाट उडेको केहिबेरमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक रहेका छन् ।




भर्खरै