१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो परिमाणमा लागुऔषधसहित युवक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो । 

पक्राउ परेका पासवानको साथबाट लागुऔषध डिलेक्सटीम डिसी १०० एमएलको ४४ बोतल, रिपलिन १०० एमएलको ३६ बोतल, नाइट्रेजेपेम ट्याब्लेट १२० थान, एसपास्मोस प्रोसेभोम ४४ थान र राजनिवास बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 




भर्खरै