२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलैँचीको मूल्य घट्यो, प्रतिमन ८० हजार



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) रु ९० हजारमा मूल्य रहेकामा यसपटक भने रु ८० हजारमा कारोबार भइरहेको छ ।

एक दशक अघिदेखि ओरालो लागेको अलैँचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैँचीको मूल्य प्रतिमन रु ८० हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गतवर्ष प्रतिमन रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो ।

“उत्पादन बढी र माग कम भएका कारणले अलैँचीको मूल्य घटेको हो । गतवर्ष रु ९० देखि रु एक लाख १० हजारसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची रु ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजारमा कारोबार भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब दुई हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लामा गतवर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो ।

अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ ।

व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ । रासस