२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानखेतमा नवजात शिशु फेला



अ+ अ-

महोत्तरी। यहाँको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो ।

जीउमा हल्का निलो रङगको लुगा लगाएको र गुलाफी रङगको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छभने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ ।

शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । धानखेतमा कि छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलासका लागि जानकारी गराइएको प्रनाउ भट्टले बताउनुभयो । रासस