२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण



अ+ अ-

कर्णाली। रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण गरिएको छ ।

 सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोश ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको सहकार्यमा आज काठमाडौँमा लोकार्पण गरिएको हो । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त शब्दकोश लोकार्पण गर्दै खस भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गर्नुभयो ।

उहाँले भन्नुभयो, “खसिया आखर’ कर्णालीको भाषा, संस्कृतिको पुस्तान्तरण गर्न मार्गदर्शन बन्नेछ । अब मन्त्रालयले योगी नरहरिनाथका कृतिसहित कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकको सङ्कलन तथा अभिलेख गर्नेलगायतका कार्यमा मन्त्रालयले भूमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दछु ।”

शब्दकोषमार्फत भाषा, सभ्यता र लोकसंस्कृति संरक्षण र कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री भण्डारीले स्थानीय तहमा पाठ्यक्रम निर्माण गरी खस भाषा पठनपाठन र व्यावहारिक कार्यान्वयनलाई सरकारले अभियानका रुपमा लिने बताउनुभयो ।

भाषाशास्त्री प्राध्यापक डा माधवप्रसाद शास्त्रीले भन्नुभयो, “शब्दकोश लेख्न सजिलो छैन । यो जटिल कार्यका लागि साहस गर्नुभएकोमा लेखकप्रति आभार व्यक्त गर्दछु ।”

चन्दननाथ नगरापाििलका– १ जुम्ला आचार्यबाडा निवासी लेखक आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गर्नुभएको हो । उहाँका अनुसार एक हजार चार सय पृष्ठ रहेको उक्त शब्दकोषमा करिब ४० हजार शब्द छन् । रासस