२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक



Screenshot
अ+ अ-

काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘धागो’को दोस्रो गीत ‘मेरो सम्झना’ शुक्रवार सार्वजनिक गरिएको छ।

यो गीतले चलचित्रको भावनात्मक पाटो उजागर गरेको छ, जसले पारिवारिक सम्बन्ध र तिनका नाजुक धागोहरूलाई स्पर्श गर्ने प्रयास गरेको छ। गीतमा सङ्गीत तथा स्वर पुष्पन प्रधानले दिएका छन्, उनलाई करुणा अधिकारीले स्वरमा साथ दिएकी छिन्।

गीतको धुन र शब्द दुवैले बिछोड, सम्झना र सम्बन्धको संवेदना झल्काउँछन्। भिडियोमा चलचित्रका कलाकारहरू सुरक्षा पन्त र प्रभात थापाबिचको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोले चलचित्रको मूल कथा एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।

‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको चलचित्र हो। यसको निर्देशन उदिप राणा थापाले गरेका हुन्। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको यस चलचित्रमा निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री सह–निर्माता हुन् भने अब्दुल वहिद एम. र उदय थापा सुपरभाइजिङ प्रोड्युसरका रूपमा रहेका छन्।

चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेको छ।

चलचित्रमा सुरक्षा पन्त र प्रभात थापासँगै सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, र पप्पु विश्वकर्मालगायतका कलाकारको अभिनय समावेश छ। अभिनेत्री वर्षा राउतले विशेष केमियो भूमिकामा देखिनेछिन्।

छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ, र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।