२३ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

पाल्पा। पाल्पाको रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित कालीगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज अपराह्न २ः३० बजेको समयमा लु१३प ८६३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार बगनासकाली गाउँपालिका–९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

तानसेनबाट रामपुरतर्फ आइरहेको लु१३प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको लु७७प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनापश्चात् लगत्तै रामपुर अस्पतालमा पठाइए पनि डाक्टरले जाँच गर्ने क्रममा लु१३प ८६३५ नम्बरको मोटरसाइकल पछाडि सवार विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु१३प ८६३५ नम्बरको मोटरसाइकल चालक बगनासकाली गाउँपालिका–९ बस्ने ५१ वर्षीय विष्णुप्रसाद विक, लु७७प ४५०५ नम्बरको मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका–९ का २९ वर्षीय विवेक भट्टराई, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देही तिलोत्तमा नगरपालिका–५ मणिग्राम बस्ने २८ वर्षीय दीपक पाण्डे घाइते भएका छन् । घाइतेको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस