२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौं



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो । गभर्नर पौडेलले नयाँ विजनेस बनाएर अघि बढ्नसके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको समेत बताउनु भयो । उहाँले अहिले वैधानिक सरकार रहेको र केही समय पछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढनका लागि निजी क्षेत्रले निरास भएर बस्नुपर्ने अवस्था नरहेको बताउनु भयो ।

गभर्नर पौडेलले भन्नुभयो,‘नयाँ विजनेस बनाउनुस्, उच्च मनोवलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर तत्काल बैधानिक गभर्मेन्ट छ । हामीहरु सबैले तपाईहरुसँग कम्युनिकेशनमा बसिराखेका छौं । यो अवसरलाई तपाईहरुले पोजेटिभली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला । इकोनोमीमा मनोबलको एकदमै ठूलो काम हुन्छ । त्यो मनोवलले हामीसँग पैसा पनि छ । हामीसँग गभर्नेन्स पनि छ । अव फेरी इलेक्टेड गोभरर्मेन्ट आउँछ । इन्डियाले ग्रो गरेको छ । चाईनाले ग्रो गरेको छ । हामी स्याड किन हुनुप¥यो । हामी नेपालीहरु सारा विश्वभर छौं । त्यो फिलिङ लिएर काम गर्नु भयो भने इकोनोमी माथि जान्छ । तपाईहरुलाई पनि धेरै समस्या छ । आई नो अबाउट इट । तर हामी कम्युनिकेशनमा बसौं । त्यसकारण तपाईहरुको मनोवल उच्च राख्नुस । गोभरर्मेन्टको म्यासेज पनि त्यही हो । हामी त्यही भन्छौं ।’

गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसुचि बाधकको रुपमा देखिएको उल्लेख गर्दै त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यक्ता समेत आँैल्याउनु भयो ।




भर्खरै