२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसद्वारा २०२६ मा ‘इल–११४ विमान’ क्षेत्रीय यातायातका लागि उपलब्ध गराउने योजना



अ+ अ-

मस्को। रूसका उद्योग तथा व्यापार उपमन्त्री जेन्नादी अब्रामेन्कोभका अनुसार, रूसमा निर्मित तीनवटा ‘इल–११४–३००’ विमानहरू सन् २०२६ मा क्षेत्रीय उडानका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

‘इल–११४–३००’ रूस निर्मित एक क्षेत्रीय टर्बोप्रप एयरलाइनर हो, जसलाई मुख्य रूपमा छोटो र मध्यम दूरीका उडानका लागि डिजाइन गरिएको छ ।

उपमन्त्री अब्रामेन्कोभले यी विमानहरू विशेष गरी रूसको टाढा पूर्वी क्षेत्र, साइबेरिया र उत्तरी क्षेत्रमा सञ्चालन हुने बताउनुभएको छ, जहाँ विमानस्थलको पूर्वाधार सीमित छ र मौसमको अवस्था चुनौतीपूर्ण हुन सक्छ ।

उहाँले थप्नुभयो,“विमान सञ्चालनका लागि वित्तीय मोडेल विकास गर्न विमान सेवा तथा लिजिङ कम्पनीहरूसँग सहकार्य गरिरहेको छ ।”

इल–११४–३०० विमान इल–११४ टर्बोप्रप एयरलाइनरको आधुनिकीकरण गरिएको संस्करण हो । यसले पुराना अन–२४ विमान र विदेशी क्षेत्रीय जेटहरूलाई प्रतिस्थापन गर्ने उद्देश्य राख्दछ ।

छोटो र अस्फ्टिक रनवेबाट पनि सञ्चालन गर्न सकिने यी विमानहरू टाढा र आर्कटिक क्षेत्रका चुनौतीपूर्ण वातावरणमा उपयुक्त मानिन्छन् ।(रासस/सिन्ह्वा)