२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट



अ+ अ-

किएभ। युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्।

किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भन्नुभएको छ, “राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।”

युक्रेनको वायु सेनाले पनि शनिबार बिहानै देशव्यापी हवाई आक्रमण हुने भन्दै नागरिकहरूलाई अतिआवश्यक काममा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको थियो ।

सेनाले सामाजिक सञ्जालमार्फत् ड्रोन र मिसाइलहरू राजधानीसहित धेरै युक्रेनी क्षेत्रहरूमा आइरहेको बताएको थियो । किएभमा रहेका एएफपी संवाददाताहरूले धेरै ठूलो ठूलो विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।

विस्फोटका करिब तीन घण्टापछि किएभको क्षेत्रीय सैन्य प्रशासनले ड्रोनको आगमनका कारण हवाई सुरक्षा व्यवस्था सक्रिय भएको बताएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने क्रममा सन् २०२२ देखि दशौँ हजारको ज्यान लिइसकेको लडाइँ अन्त्य गर्ने प्रस्तावित योजनाबारे छलफल गने कार्यक्रम तय भएको छ। (रासस/एएफपी)