२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)ले जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवीदेखी सहकारी एवं लघुवित पीडितहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा आजपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

आजपाले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा चर्चित मोडेल, मिडिया उद्यमी एवं समाजसेवी एलिजा गौतम खस आर्यतर्फको महिला सूचीको पहिलो नम्बरमा रहेकी छन् ।

यसैगरी जेनजी शहिद परिवारबाट जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतका दर्जनौ जेनजी युवाहरुलाई आजपाले समानुपातिक तर्फको उम्मेदवार बनाएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

सहकारी एवं लघुवित पीडितलाई समेत आजपाले समानुपातिक उम्मेदवार बनाएको छ । लघुवित पीडित संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव, सहकारी पीडित संघर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ, रिता भट्टराई, लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारी सहितका रहेका छन् ।

यसैगरी, मुस्लिम तर्फबाट लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर), फरहत बाुन लगायतका रहेका छन् ।

आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी सहित सहकारी पीडित, लघुवित पीडित संघर्ष समिति लगायतकाले आजपाको मोवाइल चुनाव चिन्हबाट २१ फागुनको निर्वाचनमा संयुक्तरुपमा सहभागि हुदैछन् । बन्दसूचीमा आजपाले १ सय १० जनाकै नामावली बुझाएको हो ।




भर्खरै