२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैनः सभामुख यादव



अ+ अ-

धनुषा। मधेस प्रदेशका सभामुख रामअशिष यादवले शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव नभएकाले शिक्षाको दिगो र प्रभावकारी विकासमा जोड दिन सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ ।

आज जनकपुरधामस्थित हिमाली अङ्ग्रेजी बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको शिक्षाको अवस्था अत्यन्त कमजोर रहेकाले सबैको सहकार्य र समन्वयबाट सुधार गर्दै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख यादवले मधेस प्रदेशको शिक्षामा गुणस्तरीयता कायम गर्न र सबै वर्गका बालबालिकामा पहुँच पु¥याउनका लागि तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले प्रदेशको आर्थिक, समाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि अनुशासनसहित शिक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आ–आफ्नो बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का मधेस प्रदेश प्रमुख सुरेश झाले यो प्रदेश देवभूमि र शिक्षाका लागि विगतदेखि महत्त्वपूर्ण मानिए पनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर बन्दै गएको धारणा राख्नुभयो ।

उहाँले सम्रग प्रदेश र देशको विकासका लागि शिक्षामा सबैको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै यसका लागि सरकारी, गैरसरकारी तथा सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

सो विद्यालायका संस्थापक रमेश साहले विद्यालायले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयो । सोही अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाअध्यक्ष राघवेन्द्र साह, वरिष्ठ पत्रकार कमल साह, श्रीनरायन साहलगायत वक्ताले शिक्षाको महत्त्वका वषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।