२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस



फाइल फोटो
अ+ अ-

ताप्लेजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले उपमहासचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

आज बसेको पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा भट्टराईसहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, युवा सङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य टङ्क आङ्बोहाङको नाम सिफारिस गरेको हो ।

यस्तै, फुङ्लिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नाम पनि सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।

उपमहासचिव भट्टराई २०७४ र २०७९ सालको निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियो । रासस