१६ असार २०८३, मंगलवार
,
Latest
वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको राजधानीमा भएको ग्यास विष्फोटमा मृत्यु हुनेको संख्या ८ पुग्यो



अ+ अ-

पाकिस्तान। पाकिस्तानको राजधानी इस्लामावादमा एक विवाह समारोह भइरहेको घरमा भएको ग्यास विष्फोटमा परी नवविवाहित दम्पतीसहित मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार आईतवार भएको उक्त घटनामा अन्य ११ जना घाइते भएका छन् । इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनले स्थानीय समय अनुसार राति करिव २ बजे एक आवासीय भवनमा विवाह उत्सव चलिरहेका बेला विष्फोट भएको जानकारी दिनुभयो ।

विष्फोटका कारण आसपासका संरचनाहरूमा समेत क्षति पुगेको छ । हालसम्म भग्नावशेषमा फसेका १९ जनाको उद्धार गरिएको छ ।घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

उद्धार टोलीका अनुसार विष्फोटबाट वरपरका कम्तीमा चारवटा घर प्रभावित भएका छन् । विष्फोटको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । (सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)