२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह



निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर । तस्बिरः सिराज खान
अ+ अ-

नेपालगञ्ज। निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।

आज जिल्ला सुरक्षा समिति, बाँकेको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र क्रियाकलापबारे उहाँले जानकारी लिनुभएको थियो ।

सो अवसरमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गर्नुभएको हो ।

“अहिलेसम्म निर्वाचनका सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा छलफल भयो”, बाँकेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रासससँग भन्नुभयो ।

सुरक्षा समितिको बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरेको प्रजिअ तामाङले जानकारी दिनुभयो ।रासस




भर्खरै