काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मानदेव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
आचार्यले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आज देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता चलिरहेको छ । यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छा् भने मतदान स्थल १० हजार ९६७ र मतदान केन्द्र २३ हजार ११२ निर्धारण गरिएको छ ।











