१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईद्वारा ल्होसार र मिनारिदाचाम पर्वको शुभकामना



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर–२०७६ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु तथा कुलुङ समुदायलगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयाली स्वरुप विशेष उत्साह र उमङ्गकासाथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । मुख्यमन्त्री राईले नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा किराँत कुलुङ जातिको मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । उनले सन्देशमा चाडले आफ्नो धर्म संस्कति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्ररित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री राईले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेका जनाउँदै विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो भनेका छन् ।