१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक चिसोका कारण नेपालगञ्ज र डुडुवाका विद्यालय बन्द



अ+ अ-

नेपालगञ्ज । अत्याधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ । ती पालिकाअन्तर्गतका शिक्षा समितिको निर्णयअनुसार, आजदेखि पुस १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

निरन्तरको शीतलहर र चिसोले यस क्षेत्रकै जनजीवन कष्टकर बनेपछि विद्यार्थीको सजिलोको लागि विद्यालय बन्द गर्ने निर्णय भएको नेपालगञ्ज नगर शिक्षा समितिका प्रमुख गोर्खबहादुर थापाले बताए ।

यसैबीच, अत्याधिक चिसोका कारण नेपालगञ्जका गरिब, असहाय, बेसहारा बढी प्रभावित भएपछि उपमहानगरपालिकाले आगो ताप्न टोल टोलमा दाउरा वितरण गरेको छ । उनीहरुलाई चिसोबाट जोगाउन उपमहानगरपालिकाले वडा कार्यालयमार्फत टोल टोलमा दाउरा वितरण गरेको सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।