१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीरकाे चिसो हावा नेपाल प्रवेश, पानी र हिउँ पर्न सक्ने



अ+ अ-

भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेका कारण नेपालमा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली मंगलबार रातीसम्म नेपालमा सक्रिय हुने महाशाखाले जनाएको छ । उक्त मौसम प्रणालीका कारण आज (मंगलबार) रातीदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना रहेको छ।

हिमपात र पानी परेसँगै देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ। यही मौसम प्रणालीका कारण बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ।

यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ। बिहिबार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ। सोही राती राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ।