१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अति विपन्नको घरमा नि:शुल्क मिटर जोड्दै भरतपुर विद्युत् प्राधिकरण



अ+ अ-

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । प्राधिकरणका अनुसार त्यसका लागी स्थानीय तहतले विपन्न भनि सिफारिस गरेको कागजात र ऐलानी जग्गामा घर भए चार किल्ला खुलेको हुनुपर्ने जनाएको छ ।

विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला गरिने प्राधिकरण भरतपुर केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए । यस्तै, साँस्कृतिक सम्पदा भएका क्षेत्रमा पनि निःशुल्क मिटर जडान गरिने प्राधिकरणको सूचनामा उल्लेख छ । महतोका अनुसार भरतपुर वितरण केन्द्रले गत वर्ष करिब चार सय मिटर निःशुल्क जडान गरिदिएको थियो ।

यसैबीच, वितरण केन्द्रको एकल सेवा विन्दुको उदघाटन सोमवार गरिने भएको छ । प्राधिकरण हेटौंडा डिभिजनका प्रमुख केदारराज सिलवालले सेवा विन्दुको शुभारम्भ गर्ने कार्यक्रम छ । प्राधिकरणमा काम लिएर आउने सेवाग्राहीलाई एकै ठाउँबाट सबै सेवा दिएर सहजता ल्याउने उद्देश्यले एकल सेवा विन्दु सञ्चालन गर्न लागिएको हो ।

एकल सेवा विन्दुमा निवेदन लिने, फारम भर्ने, रकम बुझाउने लगायतका काम गरिन्छ । केन्द्रमा विद्युतको मिटर लिन, महसुल तिर्न, नामसारी गर्न, जलेको वा बिग्रिएको मिटर बनाउन, पोलको माग गर्ने वा पोल सार्नेलगायतका काम लिएर सेवाग्राहीहरु आउने गर्दछन् ।