१२ असार २०८३, शुक्रबार
,
Latest
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव भयो : अध्यक्ष शर्मा



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको बताउनुभएको छ ।

‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो । ‘संविधान मै नागरिकता सम्बन्धि प्रावधानहरु विवादीत छन्’ उहाँले भन्नुभयो, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ । तर बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन् । वंशजको आधार पुरुषबाट सुरु हुन्छ ।’ शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरु कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ । राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो ।