१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान



अ+ अ-

ताप्लेजुङ । सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार शाहशङ्कर र सुजन इधिङ्गो, कक्षा ६ का पेम्बाछिरिङ शेर्पा, पासाङ डोमा शेर्पा र कक्षा ९ का कञ्चन पन्दाकलाई जनही रु १२ हजारका दरले जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो ।

स्व इन्द्रबहादुर श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका सदस्य अमर श्रेष्ठले ती विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्नुभयो । फुङलिङका समाजसेवी व्यक्तित्व इन्द्रबहादुर श्रेष्ठको विसं २०५६ मा मृत्युभएको थियो । विसं २०६३ मा स्थापित प्रतिष्ठाले स्थापना कालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।